ad ad

खेल


मनिष डाँगी थाइ लिगमा अनुबन्ध

मनिष डाँगी थाइ लिगमा अनुबन्ध

नेपालखबर
साउन १५, २०८० सोमबार १६:५५, काठमाडौँ

राष्ट्रिय फुटबल टोलीका विंगर मनिष डाँगीले थाइल्याण्डको दोस्रो श्रेणीको लिग खेल्ने भएका छन्।

मनिषले थाइल्याण्डको क्लब रायोङ फुटबल क्लबबाट दोस्रो श्रेणीको लिग  खेल्ने भएका हुन्।

मनिषले रायोङसँग १ वर्षे सम्झौता गरेका हुन्।

मनिषले क्लबबाट एक मैत्रीपूर्ण खेलमा एक असिस्ट प्रदान गर्दै प्रभाव देखाएका थिए। सो खेलमा रायोङ २-१ ले विजयी भएको थियो।

मनिष थाई लिगमा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी रहेको क्लबले जनाएको छ।

उनले गत सिजन नेपालको ए डिभिजन लिगमा संकटा क्लबबाट खेलेका थिए। राष्ट्रिय टोलीबाट २२ खेलमा मनिषले २ गोल गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .