ad ad

राजनीति


भुटानी शरणार्थी प्रकरणमा संलग्न नेता, कार्यकर्तालाई निलम्बन गर्नुपर्ने गगनको लिखित माग (पूर्णपाठ)

भुटानी शरणार्थी प्रकरणमा संलग्न नेता, कार्यकर्तालाई निलम्बन गर्नुपर्ने गगनको लिखित माग (पूर्णपाठ)

नेपालखबर
साउन ८, २०८० सोमबार २०:४१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएका कुनै पनि तहका नेता कार्यकर्ता वा सदस्यलाई पार्टीबाट निलम्बन गर्न माग गरेका छन्। 

पार्टी केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो लिखित माग दर्ज गर्दै थापाले संसदबाट जस्तै पार्टीबाट पनि निलम्बन गर्नुपर्ने बताएका हुन्। 

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तथा अनुसन्धानको दायरामा आएका कुनै पनि तहका नेता, कार्यकर्ता वा सदस्यलाई पार्टीबाट निलम्बन गरौं,’ थापाले भनेका छन्, ‘जसरी संसदबाट निलम्बन हुन्छ, त्यसरी पार्टीबाट पनि हुन्छ। यो नै विधिको शासन र विधिशास्त्रको मान्यता हो।’

सोमबारको बैठकको अन्तिममा आफ्नो १३ बुँदे माग बुझाउँदै उनले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म पार्टीको पदीय भूमिकाबाट राजीनामा दिनुपर्ने उल्लेख गरेका हुन्।

यदि उक्त व्यक्तिले पार्टीबाट आफूलाई अलग नराखे वा राजीनामा नदिएमा मुद्दाको न्यायिक निरुपण नहुँदासम्म सार्वजनिक पद वा पार्टीको संलग्नता वा जिम्मेवारीबाट अलग राख्नुपर्नेमा थापाले जोड दिएका हुन्।

पूर्णपाठः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .