ad ad

राजनीति


कांग्रेस बैठकमा पूर्णबहादुर खड्काले भने- हाम्रो बोली र जीवनशैलीप्रति सतर्क हुन जरुरी छ

कांग्रेस बैठकमा पूर्णबहादुर खड्काले भने- हाम्रो बोली र जीवनशैलीप्रति सतर्क हुन जरुरी छ

मंगलबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमित बैठकमा उपसभापति खड्का। तस्बिर : सरोज नेपाल


नेपालखबर
साउन २, २०८० मंगलबार १६:८, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले सरकारको कामबाट जनतालाई नयाँ आशा र भरोसा दिलाउनुपर्ने अवस्था रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उपसभापति खड्काले देशको ठूलो दलको रुपमा रहेकाले आफूहरुको व्यवहार र जीवनशैलीप्रति सतर्क हुनुपर्ने बतँए। 

‘पार्टीको संगठन, निष्ठा र प्रभावमा हामी सरकारमा गएकाको भूमिका, हाम्रो बोली, जीवनशैली, निर्णयशैलीले असर पार्छन यसमा सतर्क हुन जरुरी छ,’ खड्काले भने। 

साथै, उनले सकारात्मक भावका साथ मुलुकको अवस्थालाई अघि बढाउन कांग्रेस प्रतिवद्ध हुनुपर्ने भनाइ राखे। 

‘बजेटमा व्यवहारतः गर्नुपर्ने परिमार्जनहरु, बजेटलाई कानुनी रुपमा मिलाउनसक्ने कुरालाई ध्यानमा राखेर बजेट कार्यान्वयन गर्नुपर्ने अवस्था छ,’ खड्काले भने, ‘तुलनात्मक रुपमा अरु दलभन्दा कांग्रेसको भूमिकाले जोडिएका दलहरुलाई विश्वासमा लिएर जानुपर्ने वातावरण बनाउनुपर्नेछ।’

संसदमा प्रतिपक्षमा रहेका दलहरुलाई समेत साथमा लिएर मुलुकको प्रतिकुल अवस्था, नेपाली जनतामा भएको निराशा, नयाँ पुस्ताले गरिरहेको प्रश्न, रुपान्तरणको खोजी लगायतका विषयलाई ध्यान दिनुपर्ने उनले बताए।

त्यस्तै, मुलुकको परिवर्तमा उठाउन थालिएका औंलालाई सरकारको संचालनबाट र व्यवहारबाट जवाफ दिनुपर्ने बताए। 

‘मुलुकको परिवर्तमा उठाउन थालिएका औंलालाई जवाफ व्यवहार, सरकार संचालनबाट, संगठन प्रक्रियाबाट गर्नुपर्ने छ,’ खड्काले भने। 

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .