ad ad

राजनीति


०८४ मा रास्वपाको एकल सरकार बनाउन रोक्ने तागत कसैसँग छैन : रवि लामिछाने

०८४ मा रास्वपाको एकल सरकार बनाउन रोक्ने तागत कसैसँग छैन : रवि लामिछाने

फाइल तस्बिर


नेपालखबर
असार ३०, २०८० शनिबार १४:१३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ०८४ सालमा रास्वपाको आफ्नो पार्टीको एकल सरकार बनाउन रोक्नसक्ने तागत कसैसँग नभएको दाबी गरेका छन्। 

रास्वपा बूढानीलकण्ठ नगर भेलालाई शनिबार दिउँसो सम्बोधन गर्दै सभापति लामिछानेले मिसन ०८४ अनुसार लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए। 

छमिसन ०८४ को मेरो र तपाईंको परिभाषा मिल्यो भने ०८४ सालमा रास्वपाको आफ्नो सरकार बनाउन कसैले रोक्ने छैन,’ सभापति लामिछानेले भने, ‘यदी हामी उभिने प्रतिवद्धता छ भने रोक्न सक्ने अर्को कुनै तागत हुने छैन।’

उनले मिसन ०८४ भनेको असल मान्छेलाई रास्वपामा प्रवेश गराउनु रहेको भन्दै यो अभियानमा जोडिन पार्टी पंक्तिलाई आग्रह समेत गरे। 

‘मिसन ०८४ भनेको असल मान्छेलाई पार्टीमा ल्याउने कुरा हो। पार्टीमा म पनि जान्छु एउटा अभियान, पार्टीमा म असल मान्छेलाई ल्याउँछु भन्ने अर्को अभियान। पार्टीमा असल योग्य, होनाहार, क्षमतावान र जनताका मुद्दामा कम्प्रमाइज नगर्ने लिडरको खोजीमा निस्किएको छु,’ सभापति लामिछानेले भने, ‘म आफैं हुन खोजिरहेको छु। यदी त्यसो भयो भने जनताले नै मिसन ०८४ भन्नेछन्। सभाहरुमा हामी दौडादौड गरेर पुग्ने र गुटबन्दी गर्ने गर्यौं भने त्यसले अर्को रुप लिनेछ। र हामी दलहरुको भीडमा अर्को दल मात्र हुनेछौं। हामी दलको दलदलमा फस्नेछौं। हाम्रो दलमा कोही आउनेछैनन्। किनकी असल मान्छे आउने कुर्सी त हामीले कब्जा गरिसकेका हुनेछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .