ad ad

राजनीति


पूर्वाधार विकासको बजेटले सांसद, कार्यकर्ता र पीएलाई भ्रष्टाचारी बनाउँछ : सांसद देव

पूर्वाधार विकासको बजेटले सांसद, कार्यकर्ता र पीएलाई भ्रष्टाचारी बनाउँछ : सांसद देव

नेपालखबर
असार २६, २०८० मंगलबार १५:२५, काठमाडौँ

राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशमा आवश्यक बजेट जान नसकेको बताएका छन्।

सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले पिछडिएका प्रदेशहरुमा आवश्यक भन्दा कम बजेट गएकोप्रति असन्तुष्टि जनाए।

उनले पूर्वाधार विकास कार्यक्रममा छुट्याइएको ८ अर्ब २५ करोड बजेट भ्रष्टाचार बढाउने बजेट भएको बताए।

उनले सांसद, सांसदका पीए, पार्टीका कार्यकर्तालाई भ्रष्टाचारी बनाउन पूर्वाधार विकास कार्यक्रमको बजेटले सहयोग गरिरहेको आफ्नो अनुभवले बताएको बताए।

उनले भने, ‘मन्त्रीज्यूले आफैँ एउटा कार्यक्रममा के भन्नुभयो भने पूर्वाधार विकास कार्यक्रममा जुन ८ अर्ब २५ करोडको विनियोजन भएको छ, त्यो पनि पुँजीगत खर्च हो। त्यो रकममा धेरै ठूलो चुहावट छ। त्यो पोल्टिसियनहरुलाई भ्रष्टाचारी बनाउने कार्यक्रम हो। सांसद, सांसदका पीए, पार्टीका कार्यकर्तालाई भ्रष्टाचारी बनाउने ठाउँ हो। पुँजीगत खर्चलाई अनावश्यक ढंगले चुहावट गराउने, भ्रष्टाचार बढावा दिने हिसावले ८ अर्ब २५ करोडको रकम छ। यो दोष प्रणालीको दोष हो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .