ad ad

राजनीति


एमालेले मानेन सहमति, संसद् बैठक भोलिसम्मका लागि स्थगित

एमालेले मानेन सहमति, संसद् बैठक भोलिसम्मका लागि स्थगित

नेपालखबर
असार २४, २०८० आइतबार १५:१२, काठमाडौँ

प्रतिनिधिसभाको बैठक भोलि (सोमबार) सम्मका लागि स्थगित भएको छ। संसद सचिवालयले सूचना टाँस गरेर बैठक भोलिसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएको हो। 

आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। 

उक्त छलफलपछि प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याएने प्रतिबद्धता जनाएका थिए। त्यसपछि अध्यक्ष ओली संसद खोल्न तयार भएका थिए।

तर, केहीबेरपछि एमालेले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्ति र प्रेस सल्लाहकार गोविन्द आचार्यले जारी गरेको प्रेस विज्ञप्ती समेत फिर्ता लिनुपर्ने नयाँ प्रस्ताव राखेको थियो। 

एमालेले नयाँ प्रस्ताव अघि सारेपछि संसद बैठक भोलिसम्मका लागि स्थगित भएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .