ad ad

राजनीति


संसद्‌मा फोटो नराखेकोप्रति उपसभामुखको असन्तुष्टि

संसद्‌मा फोटो नराखेकोप्रति उपसभामुखको असन्तुष्टि

फाइल तस्बिर


नेपालखबर
असार १६, २०८० शनिबार १८:४८, काठमाडौँ

उपसभामुख इन्दिरा रानाले संसदमा उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि व्यक्त गरेकी छिन्।

६५औं संसद दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले केही समयअघि सिंगापुरको संसदको भ्रमण गरेको र सो क्रममा सभामुखको फोटो विगतदेखि वर्तमानसम्म राखेको भन्दै नेपालमा भने त्यस्तो हुन नसकेको बताइन्।

‘अस्ति म सिंगापुर गएको थिएँ। डब्ल्युटिओको कन्फ्रेन्समा। त्यहाँ पाल्र्यामेण्ट भिजिट गर्ने मौका पाएको थिएँ। त्यहाँ पहिलाका सभामुखज्युले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो?,’ उनले भनिन्।

उनले नेपालको संसदमा सभामुखको मात्रै फोटो राख्ने गरेको तर उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि व्यक्त गरिन्। उनले संसदमा उपभासमुखलाई हेपाहा प्रवृत्ति देखाएको आरोप लगाइन्।

‘अहिलेका सभामुखज्युले कस्तो लगाउनुहुन्छ? त्यो विकास क्रमअनुसार त्यसरी राख्नुभएको छ अभिलेखका रुपमा। हामीमा खै त त्यस्तो? भित्र पस्ने बित्तिकै त्यहाँ सम्माननीय सभामुखज्युको यत्रो फोटो राख्नुभएको छ। हाम्रो त छैन। उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ। यो कुरा मनन गर्नुपर्छ,’ उनले भनिन्।

उपसभामुख रानाले हरेक क्षेत्रमा सुशासन र पारदर्शिता हुन जरुरी रहेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .