ad ad

राजनीति


भारत भ्रमणका बारेमा प्रधानमन्त्रीले गरे पूर्वप्रधानमन्त्री र दलका नेतासँग छलफल

भारत भ्रमणका बारेमा प्रधानमन्त्रीले गरे पूर्वप्रधानमन्त्री र दलका नेतासँग छलफल

नेपालखबर
जेठ १४, २०८० आइतबार १५:२६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न भारत भ्रमणका बारेमा पूर्वप्रधानमन्त्री, दलका नेता र पूर्वराष्ट्रमन्त्रीसँग छलफल गरेका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले भारत भ्रमणका बारेमा छलफल गरेका हुन्। 

बैठकमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, बाबुराम भट्टराई, झलनाथ खनाल उपस्थित छन्। 

त्यस्तै, परराष्ट्रमन्त्री एनपी साउद, पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा, रमेशना पाण्डे, बिमला राई, प्रदीप ज्ञवाली, प्रकाश चन्दै लोहनी पनि बैठकमा छन्। 

आगामी जेठ १७ गते प्रधानमन्त्री भारत भ्रमणमा जाँदैछन्। भ्रमण जानुअघि प्रधानमन्त्रीले दलका नेताहरूसँग औपचारिक छलफल गरेका हुन्।

बैठकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, रास्वपा सभापति रवि लामिछाने, स्वतन्त्र सांसद प्रभु शाह, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ, पूर्णबहादुर खड्का, प्रेम सुवाल लगायतको उपस्थिति छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .