संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफूले घुस खाएको प्रमाणित गरे एक मिनेट पनि पदमा नबस्ने घोषणा गरेका छन्।
पशुपतिको अचल सम्पत्तिका रूपमा रहेको कागेश्वरी मनहरा नगरपालिकास्थित जग्गाको अतिक्रमित भाग छाडेर बाँकी हालसाबिक (नयाँ नापी भइसकेपछि पुरानो स्रेस्तालाई खारेज गरेर नयाँ नापीअनुसारको स्रेस्ता कायम गर्नु) गर्न खोजिएको भन्दै त्यसमा आफूलाई जोडेर आलोचना हुन थालेपछि मन्त्री किराँतीले स्पष्टीकरण दिएका हुन्।
आफूले अहिलेसम्म घुस नखाएको र नखुवाएको दाबी गर्दै मन्त्री किराँतीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन्।
‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बहुलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला’, उनले भनेका छन्, ‘प्रमाणित गर म एक मिनेट बस्दिनँ।’
Shares
प्रतिक्रिया