नेकपा (एमाले)का सांसद सुवासचन्द्र नेम्वाङले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अन्तर्राष्ट्रिय प्रतिवद्धताहरु, अदालतको फैसला र पीडितको कुुरालाई मध्यनजर गर्दै अगाडि बढाउनुपर्ने बताएका छन्।
मंगलबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
नेम्वाङले टीआरसीका बाँकी प्रक्रिया पूरा गर्न सबै पार्टीहरु एक ठाउँमा उभिएको पनि बताए।
‘यो विधेयकलाई चाँडै कानून निर्माण गरेर जसमा हामीले संसदमा आफ्नो कुरा राखिसकेका छौँ। हाम्रा अन्तर्राष्ट्रिय प्रतिवद्धता पनि छन्। सर्वोच्च अदालतका फैसला छन्। सकेसम्म धेरै पीडितहरुका कुरा समेटेर छलफल गर्दै, संशोधन प्रक्रियामा भाग लिँदै यहाँ आइपुगेका छौँ’, उनले भने, ‘यी सबै कुरा समेटेर, कानुन निर्माण गरेर, बाँकी प्रक्रिया पुरा गर्न सबै एक ठाउँमा उभिएका छौँ। यो राम्रो कुरा हो।’
Shares
प्रतिक्रिया