ad ad

राजनीति


परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षीबीच बंगलादेशमा भेटवार्ता

परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षीबीच बंगलादेशमा भेटवार्ता

भेटवार्ताका क्रममा दुई देशका समकक्षी। तस्बिर : एस जयशंकरको ट्विटबाट


नेपालखबर
बैशाख २९, २०८० शुक्रबार १९:२८, काठमाडौँ

परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षीबीच बंगलादेशमा भेटवार्ता

परराष्ट्रमन्त्री एनपी साउद र उनका भारतीय समकक्षी एस जयशंकरबीच बंगलादेशमा भेटवार्ता भएको छ।

ढाकामा शुक्रबार र शनिबार हुने छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन पुगेका दुवैजनाबीच भेटवार्ता भएको हो। 

‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नाराका हुन लागेको उक्त सम्मेलनका क्रममा भएको भेटवार्ता फलदायी भएको भारतीय विदेशमन्त्री जयशंकरले बताएका छन्। 

‘हामीबीच पहिलो भेटवार्ता राम्रो रह्यो’, जयशंकरले भनेका छन्, ‘यो भेटका क्रममा मैले साउदजीलाई मन्त्री भएकोमा पनि बधाई दिएँ।’

‘भेटका क्रममा हाम्रो लगातार बढ्दो साझेदारी अघि बढाउने सम्भावित कदमबारे चर्चा गर्यौँ’, उनले भनेका छन्, ‘ऊर्जा, कनेक्टिभिटी र हाम्रो जनस्तरमा रहेको सम्बन्धबारे पनि कुरा भएको छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .