ad ad

राजनीति


क्यान्टोनमेन्टको भ्रष्टाचारमा अख्तियारले छानबिन थालोस् : ओली

क्यान्टोनमेन्टको भ्रष्टाचारमा अख्तियारले छानबिन थालोस् : ओली

केन्द्रीय कमिटी बैठकमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : दिनेश भण्डारी


नेपालखबर
बैशाख २८, २०८० बिहिबार १२:१९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन मा‌ओवादी लडाकु व्यवस्थापनका नाममा क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको छानबिन हुनुपर्ने बताएका छन्। 

बिहीबारदेखि च्यासलमा सुरु भएको केन्द्रीय कमिटीको पाँचौ बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो भनेका हुन्। 

‘क्यान्टोनमेन्टमा नभएका मान्छेको पैसा व्यक्तिले खाएका छन्। क्यान्टोन्मेन्टमा भएको भ्रष्टाचार हो तर कोही पनि बोल्न तयार छैनन्’, उनले भने, ‘राज्यको ढुकुटी दुरुपयोग गरेर व्यक्तिले कुम्ल्याउन मिल्दैन। अहिले लडाकुका नाममा दुई लाख बाँडिदैछ यो पनि दुरुपयोग हो।’

उनले क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागले छानबिन गर्नुपर्ने पनि बताए 

‘यसबारे अख्तियारले छानबिन गर्नुपर्छ। अख्तियार या सम्पत्ति शुद्धिकरणले यसको फाइल खोल्नु पर्छ’, उनले भने, ‘यस्ता संस्थाहरुलाई राज्यले निकम्मा बनाउनु हुँदैन। हरेक भ्रष्टाचारबारे यी संस्थाले छानबिन थालुन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .