जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयतालाई बलियो बनाएमात्र विकासको काम अघि बढ्ने बताएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। साथै, उनले अघिल्लो आर्थिक वर्षमा पनि प्रदेशलाई बजेट थोरै भएको गुनासो गरे।
‘संघीयतालाई कमजोर बनाएर विकास अगाडि बढ्दैन, अघिल्लो पटकपनि प्रदेशलाई बजेट थोरै दिइएको थियो,’ उनले भने, ‘सायद अहिलेपनि होला, १४ प्रतिशत बजेट छुट्याइएको थियो। ७ वटा प्रदेशले १४ प्रदेश बजेटबाट कसरी विकास गर्लान? त्यसकारण वित्तीय संघीयता अत्यन्त महत्वपूर्ण पक्ष हो।’
संसद बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल भइरहेको छ।
24
Shares
प्रतिक्रिया