राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी प्रकरण नयाँ काण्ड आएपछि सेलाउने त होइन भन्ने आशंका गरेका छन्।
सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद केसीले यसअघि पनि विभिन्न विषयले सदन तातिने र नयाँ काण्ड आएपछि पुरानो काण्ड सेलाउने गरेको स्मरण गरे।
उनले सो यस घटनामा त्यस्तो नहोस् भनेर सचेतसमेत गराए।
‘नक्कली भुटानी शरणार्थीलाई बेचबिखन गरेको त्यो पनि राज्य सत्ता को महत्वपूर्ण ठाउँबाट गरेको कुरा आयो। त्यो विषयलाई लिएर सदन तात्तिएको छ’ केसीले भने, ‘यसभन्दा पहिले पनि नेपालका शासक हरुले राज्य सत्ता मा बस्ने हरुले गर्नु नगर्ने गरे। र यस्तै गरेर सदन तत्तिन्थ्यो। त्यसपछि नयाँ काण्डहरु आउँछन्। अनि फेरि सदनको ध्यान नयाँ काण्डतिर जान्छ।’
केसीले थपे, ‘त्यसकारणले यो जुन काण्ड उठेको छ । यो काण्ड दूधको दूध र पानीको पानी छुट्याइयोस् र यसखालका मान्छेको बिक्रीवितरण बेच्ने यी ब्यापारीहरुलाई कडा भन्दा कडा कारबाही होस्।’
Shares
प्रतिक्रिया