ad ad

राजनीति


बजेटका सिद्धान्त र प्राथमिकता जनताको आँखामा छारो हाल्न ल्याएजस्तो भयो : वामदेव

बजेटका सिद्धान्त र प्राथमिकता जनताको आँखामा छारो हाल्न ल्याएजस्तो भयो : वामदेव

नेपालखबर
बैशाख २५, २०८० सोमबार १४:३१, काठमाडौँ

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता नागरिकको आँखामा छारो हाल्नका लागि ल्याइएको जस्तो भएको बताएका छन्।

सोमबार राष्ट्रिय सभाको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। 

‘आर्थिक वर्ष २०८० का सिद्धान्त र प्राथमिकता सम्बन्धमा नेपाल सरकारले प्रश्तुत गेका विषयमा छलफलमा छौँ। सिद्धान्त र प्राथमिकता हेर्दा बिराधै गर्नुपर्ने केही पनि छैन,’ उनले भने, ‘समर्थन गर्नैपर्ने हो भने दुई, तीन वटाबाहेक अरु केही छैन। यसमा गरिनेछ, हुनुपर्छ बाहेक केही पनि छैन, यो सिस्टम २०१५ सालदेखि सुरु भएको अन्त्य भएको छैन।’

उनले सिद्धान्त र प्राथमिकता बिरोध गर्नुपर्ने र समर्थन गर्नुपर्ने कुनै ठाउँ नरहेको जिकिर गरे। उनले बजेटका सिद्धान्त र प्राथमिकतामा गर्छौं र हुनेछ बाहेक अन्य नभएको बताए।

गौतमले दुई दुई महिनामा सरकार परिवर्तन गर्नु लज्जास्पद भएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जान आवश्यक रहेको बताए।

‘राजा फालेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली लागू गरेको भए आज हामी अमेरिका भन्दा अघि हुन्थ्यौँ। हामी राम्रो व्यवस्थामा जाने हो भने सबैभन्दा पहिला प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँ,’ उनले भने।

उनले बजेटका सिद्धान्त र प्राथमिकता लागू गर्ने हो भने ४५ खर्ब भन्दाकमी रकमले नहुने स्पष्ट पारे। उनले राज्य व्यवस्था परिवर्तन भएपनि शासकीय स्वरुप परिवर्तन हुन नसक्दा जनताले मार खेपिरहनुपरेको उल्लेख गरे।

‘हरेक वर्ष सुरु हुन्छन् अर्को आर्थिक वर्ष शुरु हुँदा आउँछन् र सकिन्छन्।४५ खर्ब भन्दा बढीले यो लागू हुँदैन। मानिसलाई छक्याउने बाहेक केही पनि छैन। निर्वाचित भएर आउनेले मार खानुपर्छ। राज्य व्यवस्था परिवर्तन भयो, तर शासकीय स्वरुप उही छ,’ गौतमले भने, ‘आर्थिक व्यवस्था, सामाजिक व्यवस्था त्यही छ। दुई दुई महिनामा सरकार परिवर्तन गर्ने लाजमर्दो यो व्यवस्था हाम्रो देशलाई बर्बाद गर्ने व्यवस्था भनेको संसदीय व्यवस्था हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .