नेकपा एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले नक्कली शरणार्थी प्रकरणमा जोडिएका आफ्नै दलका नेता भए पनि पार्टीले बचाउ नगर्ने बताएका छन्।
एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध उक्त प्रकरणमा अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ भने अहिले उनी फरार छन्।
उनी कहाँ छन् भन्ने विषयमा अहिले सर्वत्र चासो छ। यस विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पनि अनभिज्ञ रहेको जवाफ दिइसकेका छन्।
यसैबीच यस विषयमा एमाले केन्द्रीय सदस्य विष्णु रिजालको पनि धारणा सार्वजनिक भएको हो। नेकपा एमाले अहिलेसम्म कुनै ‘दाग’ नलागेको पार्टी भएको दाबी गर्दै नेता रिजालले गल्ती गर्ने स्वयं जिम्मेवार हुने टिप्पणी गरेका हुन्।
‘नेकपा एमालेले निर्माण गरेको सामाजिक पुँजीमा कुनै हालतमा दाग लाग्न दिँदैन’, रिजालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘...एमालेले आर्जन गरेको यो सामाजिक छवि, प्रतिष्ठा र पुँजी बचाइराख्छ। सबै ढुक्क भए हुन्छ। कानुनले आफनो बाटो लेओस्– गल्ती गरेको हकमा सम्बन्धित व्यक्ति जिम्मेवार हुन्छन्।’
सम्बन्धित खबर–
Shares
प्रतिक्रिया