राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तनहुँ १ मा आफ्नो पार्टीबाट विजयी डा. स्वर्णिम वाग्लेलाई बधाई दिएका छन्।
तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा आइतबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनबाट निर्वाचित वाग्लेलाई चितवन २ का उम्मेदवार लामिछानेले सोमबार सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्।
यस क्रममा उनले वाग्लेलाई सधैँ सँगै रहने साथी भन्दै संसदमा उनको प्रतिनिधित्वले पार्टी स्थापनाको उद्देश्यलाई स्वर्णिम आयाम दिने विश्वास व्यक्त गरेका छन्।
‘यात्राको नयाँ तर अब सधैँ सँगै रहने साथीलाई बधाई’, आकर्षक पोस्टरसहित लामिछानेले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको मूल उद्देश्यलाई संसदमा तपाईंको प्रतिनिधित्वले स्वर्णिम आयाम दिने छ भन्ने कुरामा म विश्वस्त छु। प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएकोमा बधाई छ।’
रवि उठेको क्षेत्र चितवन २ को मत गणना भने जारी छ। तर त्यहाँ पुनः लामिछानेले जित्ने निश्चित भइसकेको छ।
Shares
प्रतिक्रिया