राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनका उम्मेदवार डा. स्वर्णिम वाग्लेले तनहुँ कुनै पार्टी विषेशको नभएर लोकतन्त्रवादीको गढ भएको बताएका छन्।
तनहुँको व्यास नगरपालिकास्थित दमौलीमा रहेको सत्यवती मावि मतदान केन्द्रमा भेटिएका वाग्लेले यस्तो बताएका हुन्।
'यो लोकतन्त्रवादीको किल्ला हो र हामीले उन्नत लोकतन्त्रको कुरा गरिरहेका छौं ।त्यसैले जनमत हाम्रो पक्षमा छौं', उनले भने।
वाग्लेले तनहुँका विभिन्न क्षेत्रमा घुम्दा जनताबाट अपार माया पाएको जिकिर गरे।
स्थानीयको माग स्थानीय तहबाटै सम्बोधन हुँदै गएको र राष्ट्रिय राजनीतिमा देखिएको विकृति अन्त्यमा रास्वपाको अर्जुनदृष्टि रहेको पनि उनले बताए
ओरालो लागेको अर्थतन्त्र सुधारलाई आफूले विषेश जोड दिँदै आएको वाग्लेले बताए। वाग्लेसँगै तनहुँ १ बाट कांग्रेसका गोविन्द भट्टराई र एमालेका सर्वेन्द्र खनाल प्रतिस्पर्धामा छन्।
Shares
प्रतिक्रिया