अमेरिकी आक्रमणमा मारिएका इरानी जर्नेलको अन्त्येष्टिमा आएका लाखौैं सहभागीबीच भागदौड हुँदा ३५ जनाको मृत्यु भएको छ भने थप ४८ घाइते भएका छन्।
गतसाता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानका सबैभन्दा शक्तिशालीमध्ये जर्नेल कासिम सुलेमानी मारिएपछि वाशिंगटन र तेहरानबीच तनाव चुलिएका बेला अर्को दुर्घटना हुन गएको हो।
सो अन्त्यष्टि सभा मारिएका जर्नेल सुलेमानीकै गृहशहर करमानमा भइरहेकै बेला भागदौड भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएको छ।
सडकमै शवहरु छाडिएको र घाइते तथा अन्य व्यक्तिहरु कराइरहेका दृष्य इरानी सरकारी टीभी, अनलाइन पोर्टलहरु र अन्य भिडियोहरुले देखाएको एपीले जनाएको छ।
सोमबार तेहरानमा गरिएको श्रद्धाञ्जलि सभामा १० लाख भन्दा बढि सहभागी भएको जनाइएको छ।
अरब क्षेत्रमा रहेका नेपाली नागरिक र दूतावासहरुलाई आपसमा सम्पर्कमा रहिरहन सरकारको निर्देशन
प्रतिक्रिया