पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेको छ।
गत पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आफ्नो सय दिने उपलब्धि सोमबार सार्वजनिक गरेका हुन्।
नेकपा एमालेसँग मिलेर बनेको सरकारमा अहिले कांग्रेस मिसिएको छ। एमाले प्रतिपक्षमा छ।
प्रचण्डले यसबीचमा दुई पटक विश्वासको मत लिइसकेका छन्।
यसबीचमा मन्त्रिपरिषद् पनि सात पटक पुनर्गठन गरिसकेका प्रचण्डले सय दिनमा देशले आर्थिक फड्को मारेको दाबी गरिएको छ।
त्यसैगरी यी सय दिनमा शासकीय सुधार भएर भ्रष्टाचारमा पनि कमी आएको दाबी गरिएको छ।
102
Shares
प्रतिक्रिया