ad ad

राजनीति


शरतसिंह भण्डारी श्रममन्त्री

शरतसिंह भण्डारी श्रममन्त्री

नेपालखबर
चैत १६, २०७९ बिहिबार ११:५९, काठमाडौँ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट वरिष्ठ नेता शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन्। बिहीबार बसेको पार्टी बैठकले भण्डारीलाई मन्त्री बनाउन सिफारिस गर्ने निर्णय गरेको लोसपाका एक नेताले बताए।

सत्ता गठबन्धनभित्र बुधबार बसेको बैठकले लोसपालाई १ मन्त्रालय दिने समझदारी गरेको थियो। 

स्रोतका अनुसार भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हाल्नेछन्। ‘आज बसेको बैठकले हामीलाई उपलब्ध गराएको श्रम मन्त्रालयमा वरिष्ठ नेता शरतसिंह भण्डारीलाई पठाउने सर्वसम्मत निर्णय भएको छ,’ एक नेताले नेपालखबरसँग भने। 

प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बताएका छन्। 

एक दुई वटा मन्त्रालयमा केही मिलाउन बाँकी भएपनि धेरैभन्दा धेरै विषय मिलिसकेको प्रधानमन्त्री प्रचण्डले दाबी गरे। ‘थोरै मिलाउन बाँकी छ। धेरै टुंगिएको छ। यो हामी सबैको लागि खुशीको कुरा हो।,’ प्रचण्डले भने। 

प्रचण्ड सत्ता गठबन्धनको बैठकमा सहभागी भएर हेलिकोप्टरमार्फत चितवन गएका थिए। उनी काठमाडौं फर्किएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .