ad ad

राजनीति


सुलेमानीको शवयात्रामा गुन्जियो ‘डेथ टु अमेरिका’को नारा

सुलेमानीको शवयात्रामा गुन्जियो ‘डेथ टु अमेरिका’को नारा

नेपालखबर
पुस १९, २०७६ शनिबार ११:१८,

इराकमा गरिएको शवयात्रापछि सुलेमानीको शव अन्त्यष्टीका लागि अब इरान पठाइने बीबीसीले जनाएको छ।

बग्दादमा शनिबार आयोजना गरिएको शवयात्रामा अमेरिका विरोधी नाराहरु लगाइएको थियो। शवयात्रामा उपस्थित मानिसहरुले ‘डेथ टु अमेरिका’ अर्थात् अमेरिकालाई मृत्यु देऊ भन्दै नारा लगाएका थिए।

 इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका मेजर जनरल सुलेमानीको गाडीलाई इराकको बगदाद इन्टरनेसनल एयरपोर्टनजिकै रकेट प्रहार गरि अमेरिकाले शुक्रबार हत्या गरेको थियो।

Image result for death to america

इरानका उच्च सैन्य कमान्डर सुलेमानीलाई अमेरिकाले ‘युद्ध रोक्न’ हत्या गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए।

सुलेमानीले अमेरिकी कूटनीतिज्ञहरू र सैन्य अधिकारीहरूमाथि तत्काल र क्रूर आक्रमण गर्ने योजना बनाएपछि आफूहरु उनलाई आक्रमण गर्न बाध्य भएको ट्रम्पले बताए।

इरानले भने सुलेमानीको मृत्युका लागि जिम्मेवारहरूसँग कडा बदला लिने बताएको छ। अमेरिका र इरान युरेनियमको विषयलाई लिएर तनावमै थिए।

यस हत्याले इरान र अमेरिकाबीच चुलिएको तनाव झनै उत्कर्षमा पुगेको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .