ad ad

राजनीति


सभामुखको टुंगो आजै लगाउनुपर्छः झलनाथ खनाल

सभामुखको टुंगो आजै लगाउनुपर्छः झलनाथ खनाल

नेपालखबर
पुस १७, २०७६ बिहिबार ८:४९,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सचिवालय बैठकबाट सभामुखको टुंगो लगाउनुपर्ने बताएका छन्।

बिहीबार नेपालखबरसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले सभामुखको विषय तन्काइरहनुपर्ने विषय नभएको बताए। यो विषयलाई आपसी सहमतिका आधारमै टुंगोमा पुर्‍याउनुपर्ने उनको भनाइ थियो।

‘आजको सचिवालय बैठकबाट सभामुखको टुंगो लाग्छ, जसरी पनि यो टुंग्याउनुपर्छ’, उनले भने, ‘नत्र संसदमा गम्भीर असर पर्छ।’

सभामुखको विषयलाई लिएर यसअघि दुई अध्यक्षबीच पटक पटक भएका छलफल निष्कर्षविहीन भएका छन्। दुई अध्यक्षबीच सहमति हुन नसकेपछि बिहीबार दिउँसो ४ बजे सचिवालयको बैठक बोलाइएको हो।

बैठकमा सभामुखको चयन र राष्ट्रियसभाको निर्वाचनमा केन्द्रित हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘बैठकमा नयाँ सभामुख चयन, राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा छलफल हुनेछ,’ प्रवक्ता श्रेष्ठले नेपालखबरसँग भने।

बलात्कार प्रयास आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि असोज १४ गतेदेखि यो पद रिक्त छ।

नेकपाले सभामुख चयनका विषयमा अझै निर्णय गर्न सकेको छैन। सभामुख पद पूर्वएमाले वा पूर्वमाओवादी कसले लिने भन्नेमा नेताहरू अझै सहमतिमा पुग्न सकेका छैनन्।

सभामुखमा पूर्वएमाले र पूर्वमाओवादी दुवै पक्षले दाबी गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले पूर्वसभामुख एवम् नेकपा स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई अगाडि सारेका छन् भने पूर्वमाओवादी पक्षले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई अगाडि सारेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .