राजनीतिक दलहरूबीच राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा गलफती भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भने पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘राष्ट्रप्रमुख’का रूपमा अघि सार्न सुझाव दिएका छन्।
उपाध्यक्ष मिश्रले राष्ट्रपतिलाई राजनीतिभन्दा माथिको पद भनिए पनि राष्ट्रपतिको भूमिका सदा पार्टीगत रहेको टिप्पणी गरेका छन्। सेनाबाहेक देशका सबै संस्था क्षयीकृत भएको, धर्मसंस्कृतिविरुद्ध धावा बोलिएको, समाज महाभ्रष्ट भएको तथा देश अन्तर्राष्ट्रिय भूराजनीतिको चपेटामा परेको दाबी मिश्रले गरेका छन्।
‘यस्तो अवस्थामा कहिले ‘होली वाइन’, कहिले ‘विदेशीका एजेन्ट’, कहिले ‘नातावादमा लिप्त’, कहिले ‘भ्रष्ट’ र ‘राष्ट्रघातमा अभ्यस्त’हरूको नाम राष्ट्रपतिको पदका लागि चर्चामा छ’, मिश्रले लेखेका छन्, ‘देश नै निरन्तर कमजोर, बदनाम र संकटउन्मुख बन्दै गएको अवस्थामा राजा ज्ञानेन्द्रलाई ‘राष्ट्रप्रमुख’का रूपमा किन अघि नसार्ने?’
अरूले दशकौँसम्म दिनदिनै राष्ट्रघात गर्दा हुने पूर्वराजा ज्ञानेन्द्रले एकपटक गरेको ‘गल्ती’ सुधार्ने मौका पाउन किन नहुने भनी मिश्रले प्रश्न गरेका छन्।
यस्ताे छ रवीन्द्र मिश्रको भनाइ
यस्तो स्थितिमा राजालाई
‘राष्ट्रप्रमुख’का रूपमा विचार गर्ने कि?
राष्ट्रपतिलाई राजनीतिभन्दा माथिको पद भनियो। तर राष्ट्रपतिको भूमिका सदा पार्टीगत रह्यो। सेनाबाहेक देशका सबै संस्था क्षयीकृत छन्। समाज महाभ्रष्ट छ। क्ष्त्त संसारमै सबैभन्दा कम छ। धर्म–संस्कृतिमाथि धावा बोलिएको छ। देश अन्तर्राष्ट्रिय भूराजनीतिको चपेटामा पर्दै छ/परिसक्यो।
यस्तो अवस्थामा कहिले ‘होली वाइन’, कहिले ‘विदेशीका एजेन्ट’, कहिले ‘नातावादमा लिप्त’, कहिले ‘भ्रष्ट’ र ‘राष्ट्रघातमा अभ्यस्त’हरूको नाम राष्ट्रपतिको पदका लागि चर्चामा छ। राष्ट्रपतिको संस्था भनेको संकटको घडीमा आड दिने ‘कुशन’ हुनुपर्ने हो। तर त्यो कुशासनको केन्द्रबिन्दु बनेको छ।
देश नै निरन्तर कमजोर, बदनाम र संकटउन्मुख बन्दै गएको अवस्थामा राजा ज्ञानेन्द्रलाई ‘राष्ट्रप्रमुख’का रूपमा किन अघि नसार्ने?
अरूले दशकौँसम्म दिनदिनै राष्ट्रघात गर्दा क्षम्य हुने। अहिले पनि चौतर्फी रूपमा व्यापक स्वीकार्यता भएको र देशको दीर्घकालीन शान्ति, स्थिरता, सम्मान र सार्वभौमिकताका लागि राजा ज्ञानेन्द्रले एकपटक गरेको ‘गल्ती’ सुधार्ने मौका पाउन नहुने?
राजा ज्ञानेन्द्रले भने झैँ, ‘अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन।’
Shares
प्रतिक्रिया