नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारलाई विश्वासको मत दिएको विषय अब समाप्त भइसकेको बताएका छन्।
विराटनगर विमानस्थलमा बुधबार साँझ सञ्चारकर्मीसँग उनले कांग्रेसले सरकारलाई दिएको विश्वासको मतका विषयमा सम्पूर्ण कार्य समाप्त भएकाले यस विषयमा अब पार्टीभित्र कुनै किसिमको वादविवाद नरहेको बताए।
राष्ट्रपतिको निर्वाचन सहमतिमा जाने सम्भावना कम रहेको उल्लेख गर्दै डा. कोइरालाले कांग्रेसले उम्मेदवारी दिने र अन्य दलसँग छफलफल भइरहेको जानकारी दिए। उनले मङ्गलबार नयाँ बानेश्वरको आत्मदाहको घटना अन्त्यन्त दुःखदायी भएको प्रतिक्रिया दिए। रासस
69
Shares
प्रतिक्रिया