ad ad

राजनीति


राष्ट्रिय नेतृत्वको अभाव भएको भन्दै संसदबाट रामचन्द्रले भने- सबै दल एक ठाउँमा हुनुपर्छ

राष्ट्रिय नेतृत्वको अभाव भएको भन्दै संसदबाट रामचन्द्रले भने- सबै दल एक ठाउँमा हुनुपर्छ

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ १०, २०७९ मंगलबार १४:१४, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभामै राष्ट्रिय सहमतिको आवश्यकता औंल्याएका छन्। 

उनले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले विभिन्न तीन कारणले राष्ट्रय सहमतिको आवश्यकता भएकोमा जोड दिएका हुन्। 

‘आज तीन वटा कारणले देशलाई राष्ट्रिय सहमतिको आवश्यकता छ। एउटा कुरो मुलुकको जुन अर्थतन्त्र छ यो कमसल आर्थिक अवस्था। अर्को भू–राजनीतिक दबाब,’ पौडेलले भने, ‘अर्को कुरा हाम्रो शान्ति प्रक्रिया अझै पूरा भइसकेको छैन। १२ वर्षे द्वन्द्वले देशलाई कति ठूलो घाउ लागेको छ? कति ठूलो चोट परेको छ? शान्ति प्रक्रियालाई पूरा गर्नु हाम्रो कर्तव्य हो।’ 

उनले राजनीतिक दलहरूले आड भरोसामा भ्रष्टाचार गर्नेहरूलाई निरुत्साहित गर्न पनि सबै दल एक ठाउँमा हुनुपर्ने बताए।

‘देशले अहिले कुशासन भोग्नु परेको अनुभूति हुन्छ। हामीले शासनको बिकेन्द्रिकरण गर्यौं, कता–कता भ्रष्टाचारको विकेन्द्रीकरण भएको देखिन्छ,’ पौडेलले भने, ‘यसलाई रोक्न सबै एकजुट हुन आवश्यक छ। भ्रष्टाचार गर्नेहरूलाई राजनीतिक दलहरूले आड भरोसा दिइरहेका छन्। त्यसलाई निरुत्साहित गर्न सबै दल एक ठाउँमा हुनुपर्छ।’

तस्बिर : सरोज बैजु/नेपालखबर

उनले संसदमै मुलुकलाई नेतृत्वको अभाव रहेको पनि जिकिर गरे। ‘म भनौं कि नभनौं, नेतृत्वको अभाव जस्तो अनुभव हुँदैछ। नेतृत्वको अभाव, अझ राष्ट्रिय नेतृत्वको अभाव,’ पौडेलले भने, ‘र, राष्ट्रिय नेतृत्वको अभाव मात्रै होइन राष्ट्रिय आत्मविश्वासको अभाव।’ 

पौडेलले राजनीतिज्ञहरुलाई आफैं प्रति विश्वास नभएको पनि जिकिर गरे। ‘यहाँ हामी साना–साना कुरामा पनि लौ गइहाल्यो कि, आत्म विश्वास छैन। आफू प्रति विश्वास छैन,’ उनले भने।  

उनले निष्ठाको राजनीति जोगाउनका लागि एकताको खोजी गर्ने कि नगर्ने भनेर पनि प्रश्न गरे। नेतृत्वले विश्वस गुमाएकै भन्दै पौडेलले सहमति, सहकार्य र एकताको सोचबाट नेतृत्व हासिल हुन सक्नेमा पनि जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .