ad ad

राजनीति


माधव नेपाल अस्पतालबाट निस्किएर लिए सांसदको शपथ

माधव नेपाल अस्पतालबाट निस्किएर लिए सांसदको शपथ

सांसदको शपथ लिने क्रममा माधव नेपाल। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस ७, २०७९ बिहिबार १३:३१, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टी नेपालका अध्यक्ष माधवकुमार नेपाल त्रिवि शिक्षण अस्पतालबाट निस्किएर सांसद पदको शपथ लिएका छन्। 

प्रतिनिधिसभाका नवनिर्वाचित २७५ सांसदलाई शपथ खुवाउने क्रममा नेपाल पनि सहभागी भएका हुन्। 

बिरामी भएर हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनलाई बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेका थिए। 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि उनलाई भेटेका थिए। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल रूघा खोकी, ज्वरो र छातीमा संक्रमण देखिएपछि उपचारार्थ मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका थिए।

नेपाललाई संक्रमण फैलिन सक्ने जोखिमलाई ख्याल गरेर चिकित्सकको सुझावअनुसार अस्पतालमा भेटघाट बन्द गरिएको उनको निजी सचिवालयले जनाएको थियो। 

तर उनले सांसदको शपथ लिएपछि फेरि अस्पताल जाने भएका छन्। नेपालले एक साताअघि थापाथलीस्थित नर्भिक अस्पताल पुगेर स्वास्थ्य परीक्षण गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .