ad ad

राजनीति


जनताको काम गर्न मन्त्री नै भइरहनु पर्दैन : प्रकाशमान सिंह

जनताको काम गर्न मन्त्री नै भइरहनु पर्दैन : प्रकाशमान सिंह

फाइल तस्बिर


नेपालखबर
पुस २, २०७९ शनिबार १२:१८, काठमाडौँ

नेपाली कांग्रेसका नेता तथा निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकशमान सिंहले जनताको काम गर्नका लागि मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन्। 

काठमाडौं–१ मा पर्ने शंखमूलमा शनिबार मतदाताका लागि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उनले क्षेत्रको विकासका लागि मन्त्री भइरहनु नपर्ने बताएका हुन्। 

‘म जनप्रतिनिधि हुँ। म पदमा जाउँला नजाउँला। तर, जनप्रतिनिधिको पद त छ नि मसँग। मैले गर्न सक्ने काम त म त्यसैबाट गर्न सक्छु। मिनिस्टरै हुनुपर्ने छैन,’ सिंहले भने। 

उनले प्रधानमन्त्री बन्न सके मुलुककै कायापलट गर्न सक्ने आत्मविश्वास आफूमा रहेको दाबी पनि गरे। तर, प्रधानमन्त्री जनता र आफूले चाहँदैमा बन्न सहज नभएको सिंहको भनाइ थियो। 

‘प्राइमिनिस्टर भयो भने त मैले भने नि कन्ट्रीको कायापलटै गर्न सक्ने कन्फिडेन्स ममा छ,’ उनले भने, ‘यो त तपाईंहरुले मात्रै चाहेर पनि हुँदैन। मैले मात्रै चाहेर पनि हुँदैन। संसदीय दलको निर्वाचन हुँदै छ। त्यसले निर्भर गर्छ।’ 

सिंहले आफू मन्त्री भए काठमाडौं–१ का जनताका लागि सुनमा सुगन्ध हुने जिकिर गर्दै जनताबाट अनुमोदित हुन नै सबैभन्दा ठूलो पद भएको पनि बताए। 

‘म पदमा भयो भने त तपाईंहरुलाई सुनमा सुगन्धै भयो। पदमा नभए पनि माननीय तपाईंहरुले बनाइदिनुभयो,’ उनले भने, ‘योभन्दा ठूलो अरु के होला र? जनताबाट अनुमोदित हुनु नै सबैभन्दा ठूलो पद हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .