ad ad

राजनीति


प्रधानमन्त्री देउवाले बालुवाटार बोलाए पार्टीका सांसदहरूलाई

प्रधानमन्त्री देउवाले बालुवाटार बोलाए पार्टीका सांसदहरूलाई

फाइल तस्बिर


नेपालखबर
पुस २, २०७९ शनिबार १०:१४, काठमाडौँ

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीबाट नवनिर्वाचित सांसद (प्रतिनिधिसभा सदस्य) हरूलाई आज सरकारी निवास बालुवाटार बोलाएका छन्।  

कांग्रेसमा संसदीय दलको नेता को बन्ने भन्ने चर्चा चलिरहेका बेला नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका देउवाले सबै संघीय सांसदलाई आफ्नो सरकारी निवासमा निम्त्याएका हुन्।

प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार बालुवाटारमा दिउँसो ३ बजेका लागि सांसदहरूको भेला बोलाइएको हो। 

यस क्रममा बधाई आदानप्रदान र संसदीय दलको निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ। 

‘बधाई तथा शुभकामना आदाननप्रदान गर्न सांसदज्यूहरूलाइ बोलाइएको हो’, प्रेस संयोजक परियारले भने। 

यी हुन् नेपाली कांग्रेसबाट निर्वाचित संघीय सांसदहरू 
विश्वप्रकाश शर्मा
डिगबहादुर लिम्बु
सुनिलकुमार शर्मा
शेखर कोइराला
ज्ञानेन्द्रबहादुर कार्की
सीता गुरुङ
दीपक खड्का
रामहरि खतिवडा
नारायण खड्का
दिनेशकुमार यादव
तेजुलाल चौधरी
रामकृष्ण यादव
महेन्द्रकुमार यादव
देवप्रसाद तिमलसेना
अजयकुमार चौरसिया
रमेश रिजाल
श्यामकुमार घिमिरे
पूर्णबहादुर तामाङ
मोहनबहादुर बस्नेत
उदय शमशेर
दुर्लभ थापा
प्रकाशमान सिंह
सन्तोष चालिसे
गगन थापा
प्रदीप पौडेल
राजनकुमार केसी
अर्जुननरसिंह केसी
मोहन आचार्य
रामनाथ अधिकारी
राजेन्द्र बजगाईं
रामचन्द्र पौडेल
शंकर भण्डारी
राजु थापा
धनराज गुरुङ
टेकबहादुर गुरुङ
योगेश गौचन थकाली
खमबहादुर गर्बुजा
शशांक कोइराला
विष्णु कुमार कार्की
चन्द्र भण्डारी
सुरेन्द्रराज आचार्य
दीपक गिरी
सञ्जयकुमार गौतम
किशोरसिंह राठोर
विनोद चौधरी
पूर्णबहादुर खड्का
हृदयराम थानी
दिक्पालकुमार शाही
ऐनबहादुर शाही
शेरबहादुर देउवा
एनपी साउद
रमेश लेखक
दिलेन्द्रप्रसाद बडूबद्री पाण्डे
पुष्पबहादुर शाह
वीरबहादुर बलायर
डिल्लीराज पन्त
विमलेन्द्र निधि
प्रकाशसरण महत
जीवन परियार
सरस्वती बजिमय
लीलादेवी बोखिम
सीताकुमारी राना
सुशीला थिङ
सपना राजभण्डारी
माया राई
कुसुम थापामगर
मनोरमा शेरचन
अञ्जनी श्रेष्ठ
अम्बिका बस्नेत
सरिता प्रसाईं
आरजु राणा देउवा
इश्वरी न्यौपाने
प्रतिमा गौतम
मञ्जु खाँण
रमा कोइराला पौड्याल
कान्तिका सेजुवाल
मैना रावल कार्की
कल्पना चौधरी
बिनाकुमार थनेत
शान्ति विक
रूपा विक
सीता मिजार
आशा विक
नगिना यादव
मुक्ताकुमारी यादव
चन्दा चौधरी
संगीता मण्डल
जावेदा खातुन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .