ललितपुर क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन कार्यालय, गोदावारीका अनुसार अहिलेसम्म १२ सय ८८ मत गणना भएको छ।
जसमा नेकपा एमालेले ६ सय ६२ मत प्राप्त गरेको छ। त्यस्तै, नेपाली कांग्रेसले ४ सय २ मत प्राप्त गरेकाे छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ९३, राष्ट्रिय स्वतन्त्र पार्टीले ५१, जनता समाजवादी पार्टीले ५ र अन्यले ५ मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालका अनुसार ६५ मत बदर भएको जानकारी दिएको छ।
ललितपुर १ मा एमालेका तर्फबाट नवराज सिलवाल, नेपाली कांग्रेसका तर्फबाट उदयशमशेर राणा र राष्ट्रिय स्वतन्त्र पार्टी सचिन घिमिरे उम्मेदवार छन्।
141
Shares
प्रतिक्रिया