काठमाडौँ क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रले सोमबार बिहान पशुपतिनाथ मन्दिरमा रूद्राभिषेक पूजा गरेका छन्।
धर्मपत्निसहित गएका मिश्रले पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टसँग रूद्राभिषेक पूजा गरेका हुन्।
रूद्राभिषेक पूजा भगवान पशुपतिनाथको कृपा प्राप्तिका लागि गरिन्छ। रूद्राभिषेक पूजामा भगवान शिवको विभिन्न रूपमध्ये एक शिवलिङ्गको पूजाअर्चना गरेर अभिषेक गरिन्छ।
पूजापछि मिश्रले यो देश आफ्नै जीवनकालमा रूपान्तरण गर्न सकियोस् भन्ने कामना गरेको बताए।
उनले पछिल्लो समयमा संवैधानिक राजसंस्था, संघीयता खारेजी तथा हिन्दु-बौद्ध राष्ट्रको एजेण्डालाई उठाइरहेका छन्।
105
Shares
प्रतिक्रिया