नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउन खोजेका माधव कुमार नेपाल र पुष्पकमल दाहाल (प्रचण्ड) आफै सकिँदै गएको बताएका छन्।
कैलालीको अत्तरियामा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीलले यस्तो बताएका हुन।
‘एमालेलाई सिध्याउन खोजेका माधव कुमार नेपाल र प्रचण्ड सिधिँदै गएका छन्, माधव नेपाल यो चुनावबाट सिद्धिन्छन्,’ उनले भने, ‘एमालेविरुद्ध गरेको अपराधको सजाय पाउँछन्, क्रमशः प्रचण्डले पनि पाउँछन्।’
माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पार्टी मंसिर ४ गतेसम्म पार्टी रित्तो भइसक्ने उनले बताए।
33
Shares
प्रतिक्रिया