ad ad

राजनीति


एकीकृत समाजवादी जुम्ला जिल्ला संयोजकमा बुढा

एकीकृत समाजवादी जुम्ला जिल्ला संयोजकमा बुढा

नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार ११:१४, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) ले जुम्ला जिल्ला पार्टीको संयोजकमा तीर्थबहादुर बुढालाई तोकेको छ।

केन्द्रीय कमिटी सदस्य बुढालाई आगामी निर्वाचनमा प्रचार–प्रसारलगायत सम्पूर्ण कामको संयोजन गर्ने जिम्मेवारी दिइएको पार्टीका महासचिव डा वेदुराम भुसालले जानकारी दिए।

उनका अनुसार जुम्ला जिल्ला र कर्णाली प्रदेश कमिटीका केही नेताहरूले पार्टीको हितविपरीत कार्य गरेकाले पाँच नेतालाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ।

कारबाहीमा परेका नेताहरूमा देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाय, रतनबहादुर रोकाय र धर्मराज बराल छन्।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनबाहेकका अन्य दलका नेतालाई सहयोग गरेकाले उनीहरुलाई निष्काशन गरिएको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .