नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेल र पानीजहाजको विरोध गर्नेहरुले आफ्नो चुनावी घोषणापत्र तिनै कुरा समेटेर ल्याएको बताए छन्।
काठमाडौंको क्षेत्र नम्बर १ को भीमसेनगोलामा एमालेद्वारा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
एमालेको सरकारले रेलको कुरा गर्दा हाँसीमजाक गर्नेहरूले आफ्नो चुनावी घोषणापत्रमा रेलकै फोटो टाँसेको पनि उनले बताए।
‘परराष्ट्रमन्त्री चीन गएर रसुवा-काठमाडौं रेलको डिटेल सर्भेका लागि सम्झौता गरेर आउनुभयो। त्यो हाम्रो योजना हो', उनले भने, 'चाहिँदो रहेछ त रेल। हामीले रेलको कुरा गर्दा हाँसीमजाक गर्नेहरु अहिले आफ्नो घोषणापत्रमा त्यसकै थुतुनो देखाउन बाध्य भए।’
धनुषाको जनकपुरमा एमाले सरकारले ल्याएको रेल चढ्न अहिले कांग्रेस र माओवादीका नेता तथा घरपरिवारका सदस्य आतुर बनेको उनले बताए।
‘एमाले सरकारको पालामा लिक बनाइयो, रेल किनियो, ल्याइयो र चलाइयो । त्यो रेल एक पटक चढाउन भनेर घरघरमा दबाब दिन थाल्दै छन्', उनले भने, 'खासगरी, कांग्रेस र माओवादीका घरपरिवारले एमाले सरकारले ल्याएको रेल एक पटक हेर्नैपर्यो भनेर हुरुक्क पारेका छन्। म चुनावतिर लागौँ कि तिमीहरूलाई रेल चढाउन लगौँ भन्ने अवस्था छ। म आफैँ पनि रेल चढेँ । कति छिटै जनकपुरबाट जयनगर पुर्यायो।’
Shares
प्रतिक्रिया