नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल डिस्चार्ज भएकी छिन्। स्वास्थ्यमा सुधार भएपछि सोमबार अस्पतालबाट डिस्चार्ज गरिएको हो।
दाहालको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत २ कात्तिकमा मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। अस्पताल भर्ना भएको १२ दिनपछि सुधार भएसँगै सोमबार डिस्चार्ज गरिएको हो।
सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन्। मधुमेह र उच्च रक्तचापबाट समेत पीडित भएकी सीता छोरा प्रकाश दाहालको निधनपछि कमजोर भएकी हुन्।
30
Shares
प्रतिक्रिया