नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कमद नचाल्ने प्रतिज्ञा गरेको छ।
आसन्न निर्वाचनलाई लक्षित गरेर शनिबार सार्वजनिक गरिएको घोषणा पत्र (संकल्प पत्र) मा कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कमद नचाल्ने प्रतिज्ञा गरेको हो।
‘दलहरुको आन्तरिक विवाद वा फरक दलहरु बीच उत्पन्न हुन सक्ने द्वन्द्व वा विवादका कारण प्रतिनिधिसभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने छैनौं,’ घोषणा पत्रको ‘हाम्रो प्रतिज्ञा’ खण्डमा कांग्रेसले भनेको छ।
कांग्रेसले सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत–साधनको दोहन नगर्ने र गर्न पनि नदिने प्रतिज्ञा गरेको छ।
87
Shares
प्रतिक्रिया