नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा ४५ बढी र प्रदेशमा ९७ बढी सिट पाएको ब्रिफिङ गरेका छन्।
शुक्रवार बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले गठबन्धनमा भएकाले केही सिट सेक्रिफाइस गरिएको पनि बताएका छन्।
'हामीले ४५ बढी संघमा र ९७ बढी प्रदेशमा पएका छौँ,' बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले नेपालखबरसँग भने,'सबैजना इमान्दार भएर जिताउन लाग्नुहोला।'
यसपटक गठबन्धनमा भएकाले केही सिट छोडेर सहमति गरेको पनि प्रचण्डले बैठकमा बताउका थिए। यो बैठकपछि माओवादीले शनिबार उम्मेदवार चयन गर्नेछ।
माओवादिका एक पदाधिकारीका अनुसार शनिबार बस्ने बैठकले उम्मेदवार चयन गर्नेछ। निर्वाचन आयोगले २३ असोजमा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन कार्यक्रम राखेको छ।
शुक्रबारको बैठकमा प्रचण्डलाई गोरखा २ बाट उम्मेदवार बन्न पदाधिकारीले आग्रह गरेका थिए।
'पदाधिकारीहरुले गोरखा २ बाट उम्मेदवारी दिन आग्रह गर्यौँ,धेरै हिसाबले त्यहाँ जान सुझाव दिएका छौँ,' ती पदाधिकारीले भने, 'हाम्रो भागमा परेको चितवनमा अर्कै नेता उठ्नु हुनेछ।
Shares
प्रतिक्रिया