ad ad

राजनीति


संवैधानिक विधिबाट निकास दिइ द्वन्द्व उत्पन्न हुन नदिन पत्रकार महासंघको आग्रह

संवैधानिक विधिबाट निकास दिइ द्वन्द्व उत्पन्न हुन नदिन पत्रकार महासंघको आग्रह

नेपालखबर
असोज ५, २०७९ बुधबार १५:२६, काठमाडौँ

नेपाल पत्रकार महासंघले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

संसदले प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि उत्पन्न परिस्थितिबारे महासंघले विज्ञप्ति प्रकाशित गरी धारणा स्पष्ट पारेको हो ।

‘जननिर्वाचित संविधान सभाबाट जारी भएको नेपालको संविधान सबैले अक्षरशः पालना गर्नुपर्छ भन्ने पक्षमा महासंघ सधैँ उभिँदै आएको छ’ महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानको मर्म र भावनाको उच्च कदर गर्दै संवैधानिक सर्वोच्चता कायम गर्ने विषयमा महासंघ  सधै क्रियाशील रहँदै आएको छ। संविधानले निर्दिष्ट गरेको सीमा र मर्यादाभित्र रही सबै पक्षले संवैधानिक व्यवस्थाहरूलाई पूर्णतः पालना गर्नपर्दछ भन्ने कुरालाई महासंघ विशेष जोड दिन चाहन्छ।’

पछिल्लो घटना क्रमलाई संवैधानिक विधिबाट निकास दिइ कुनै प्रकारको द्वन्द्व उत्पन्न हुन नदिनतर्फ जिम्मेवार बन्नसमेत महासंघले सम्बन्धित पक्षहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .