ad ad

राजनीति


समानुपातिकको सूचीलाई अन्तिम रूप दिन कांग्रेस संसदीय समितिको बैठक बस्दै

समानुपातिकको सूचीलाई अन्तिम रूप दिन कांग्रेस संसदीय समितिको बैठक बस्दै

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटार।


नेपालखबर
असोज ३, २०७९ सोमबार ८:५, काठमाडौँ

नेपाली कांग्रेसको संसदीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ।

समानुपातिक उमेदवारको सूचीलाई अन्तिम रूप दिन बैठक बस्न लागेको हो।

कांग्रेस उपसभापति धनराज गुरुङका अनुसार बैठक बिहान साढे ८ बजे बालुवाटारमा बस्दैछ। बैठकले समानुपातिक उमेदवारको सूची टुंगो लगाउने उनले जानकारी दिए। 

उक्त अन्तिम सूचीलाई कार्यसम्पादन समितिको बैठकबाट आजै पास गरी निर्वाचन आयोगमा बुझाउने तयारी छ।

कार्यसम्पादनको बैठक बस्ने स्थान र समय  तय भएको नभएको उनले बताए। निर्वाचन आयोगको कार्यतालिका अनुसार आइतबार र सोमबार समानुपातिकतर्फको बन्दसूची पेश गरिनेछ। सोही अनुसार कांग्रेसले पनि आज समानुपातिक उम्मेदवार तय गरेर आयोगमा बुझाउने भएको हो।

समानुपातिकको बन्दसूची पेश गर्ने आज अन्तिम दिन हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .