आइतबार बिहान सर्वोच्च अदालत आउने जानकारी गराएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा निवासमै छन्।
राणाको सरकारी निवास बालुवाटारमा प्रहरी तैनाथ गरिएको छ। चोलेन्द्रले आफूलाई सरकारले निवासबाट बाहिर जान नदिएको गुनासो गरेका छन्।
उनको निवासअघि भने प्रहरी तैनाथ गरिएको छ।
राणाले शनिबार नै सर्वोच्च अदालत प्रशासनलाई फोन गरेर आफू आउने भन्दै तयारी गर्न आग्रह गरेका थिए। तर, सर्वोच्च बार र नेपाल बार एसोसियसनले भने निलम्बित प्रधानन्यायाधीशको आगमनलाई रोक लगाउने बताएको थियो।
पदबाट निलम्बित भएपछि पनि राणाले बालुवाटारस्थित सरकारी निवास छोडेका छैनन्। आज बिहानैदेखि उनको निवासबाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।
126
Shares
प्रतिक्रिया