ad ad

राजनीति


महन्थ ठाकुर बारा ४ बाट पनि सिफारिस

महन्थ ठाकुर बारा ४ बाट पनि सिफारिस

फाइल तस्बिर


नेपालखबर
भदौ २१, २०७९ मंगलबार १४:१७, काठमाडौँ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई बाराको सङ्घीय निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार बन्न पार्टीले सिफारिस गरेको छ। 

लोसपा बाराका जिल्ला अध्यक्ष नवलकिसोर सिंहका अनुसार आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न पार्टीले अध्यक्ष ठाकुरलाई सिफारिस गरेको हो। 

तत्कालीन राजपा नेपालका अध्यक्षमण्डलका नेता महन्थ ठाकुर महोत्तरी क्षेत्र ३ बाट भारी मतान्तरले विजयी भएका थिए। 

ठाकुरले २७ हजार पाँच मत ल्याएका थिए। उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका नेता विजय चौधरीले ८ हजार ९७७ मत पाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .