निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिस समितिसमक्ष दोस्रो दिन पनि बयान दिएका छन्।
जबराले बिहीबार समितिले तयार पारेका ४३ मध्ये ५ र ६ नम्बर प्रश्नको उत्तर दिएका हुन्।
जबरालाई महाअभियोगसम्बन्धी ४३ प्रश्नमध्ये बिहीबार चारवटा प्रश्न सोधिएको थियो। जबराले संसदीय समितिमा करिब अढाई घण्टामा दुईवटा प्रश्नको उत्तर दिएपछि बैठक स्थगित भयो।
सांसदहरु कांग्रेस सांसद प्रदीप गिरिको श्रद्धाञ्जली सभामा जाने भएपछि बिहीबारको बयान बीचमै रोकिएको हो।
चोलेन्द्रले बुधबार ४ वटा प्रश्नको जवाफ दिएका थिए। बिहीबार थप दुवटाको दिएपछि ६ वटाको जवाफ सकिएको छ।
बुधबारको बयानका क्रममा उनले २०७८ असार २८ गतेकै शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउने गरी जारी गरिएको परमादेशकै कारण महाअभियोग लगाइएको भए त्यसमा आफ्नो कमजोरी देखाउन पनि चुनौती दिएका थिए।
महाभियोग प्रस्ताव दर्ता भएपछि ६ महिनादेखि निलम्बित प्रधानन्यायाधीश जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बयान लिन सुरु गरेको हो। उनीविरुद्ध सत्तारुढ दलले गत फागुन १ गते महाअभियोग दर्ता गराएका थिए।
यी पनि
- ‘ललिता निवासमा माधव नेपाल र बाबुराम भट्टराई जोगाउन मलाई महाअभियोग लगाइयो’
- चोलेन्द्रले चार घण्टामा चारवटा प्रश्नको जवाफ दिए
- दिनभर भोकै बयान दिएका चोलेन्द्र सहकर्मी न्यायाधीशलाई मुछेर फर्किए
- चोलेन्द्रलाई सोधिने यी हुन् ४३ प्रश्न
- बयान दिन सिंहदरबार पुगेका चोलेन्द्र डेढ घण्टादेखि कुरेको कुर्यै
- प्रधानन्यायाधीश राणामाथिको महाअभियोगबारे सिफारिस समितिले काम थाल्यो
- बयान दिन सिंहदरबार पुगे निलम्बित प्रधानन्यायाधीश जबरा
- चोलेन्द्रले भने : महाअभियोग निष्क्रिय भइसक्यो, अब यसको औचित्य सकियो
- चोलेन्द्रको गुनासो : परमादेशबाट जसले सरकार बनाए, उनैले महाअभियोग लगाइदिए
- चोलेन्द्रको बयान : पत्रकारलाई बैठक कक्षमा राख्ने पक्षमा एमाले, कांग्रेस र माओवादी मानेनन्
- महाअभियोग सिफारिस समितिमा चोलेन्द्रको बयान सुरु
- चोलेन्द्रले समितिसँग उल्टै मागे महाअभियोग लगाउनुको कारण
- चोलेन्द्रको गुनासो : परमादेशबाट जसले सरकार बनाए, उनैले महाअभियोग लगाइदिए
- चोलेन्द्रले चार घण्टामा चारवटा प्रश्नको जवाफ दिए, भोलि फेरि बयान
- मीन विश्वकर्मा भन्छन् : जबराले प्रतिरक्षा गर्नु सामान्य हो, हामीलाई चिसो पस्दैन
Shares
प्रतिक्रिया