ad ad

राजनीति


राष्ट्रिय सभाको बैठक बस्दै, सम्भावित कार्यसूची सार्वजनिक

राष्ट्रिय सभाको बैठक बस्दै, सम्भावित कार्यसूची सार्वजनिक

फाइल तस्बिर


नेपालखबर
भदौ १६, २०७९ बिहिबार १०:२०, काठमाडौँ

राष्ट्रिय सभाको बैठक आज (बिहीबार) बस्दै छ। संघीय संसदका महासचिव भरतराज गौतमका अनुसार राष्ट्रिय सभाको बैठक दिउँसो २:५९ बजे बस्नेछ। 

यो राष्ट्रिय सभाको १२औं अधिवेशनको ५०औं बैठक हुनेछ। 

आजको सम्भावित कार्यसूचीमा राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक र एकीकृत प्रतिवेदन’ पेस गर्ने छ। यस्तै आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘बिमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन्।

कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादवले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन्।
सम्भावित कार्यसूचीमा भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राईले ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट प्राप्त संशोधनउपर विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ। 

यसैगरी आजको राष्ट्रिय सभा बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार गरी पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने उल्लेख गरिएको छ। 

हेर्नुहोस् सम्भावित कार्यसूची–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .