ad ad

राजनीति


सत्तारुढ कार्यदल भाग मिलाउन असफल, अब शीर्ष नेताकै जिम्मा

सत्तारुढ कार्यदल भाग मिलाउन असफल, अब शीर्ष नेताकै जिम्मा

फाइल तस्बिर


नेपालखबर
भदौ १२, २०७९ आइतबार १८:५६, काठमाडौँ

सिट बाडफाँटका लागि सत्तारुढ पाँच दलले गठन गरेको कार्यदल प्रतिनिधि सभा र प्रदेश सभाको भागवण्डा मिलाउन असफल भएको छ। 

निरन्तर बैठक बसे पनि दलहरुबीच आ–आफ्नै दाबी रहेपछि त्यही कुरा लेखेर शीर्ष नेतालाई बुझाउने तयारी भएको कार्यदलका एक सदस्यले जानकारी दिए।

नेपाली कांग्रेसले सय सिटको दाबी छोड्न अस्वीकार गरेको छ। माओवादी केन्द्रको ६०, नेकपा एकीकृत समाजवादी ४०, जनता समाजवादी पार्टी (जसपा) ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटको दाबी राखिरहेका छन्।

उनीहरुको दाबीबाट पछि नहटेपछि सोही कुरा उल्लेख गरेर प्रतिवेदन बुझाउन लागिएको हो।

‘हामीबीच जुटेको सहमति र असहमति पनि राखेर अब शीर्ष नेतालई प्रतिवेदन बुझाउँदैछौँ,’ कार्यदलका ती सदस्यले नेपालखबरसँग भने, ‘अब शीर्ष तहबाट सहमति हुन्छ।’

नेताहरुका अनुसार कांग्रेसभित्र दुई लाइन कुरा उठेकोले समस्या छ। महामन्त्री गगन थापाले सय सिटको अडान छोड्न मानेका छैनन्। 

उता कार्यदल संयोजक समेत रहेका कृष्ण सिटौला ९० सिट लिएर सहमति गर्नुपर्ने पक्षमा छन्।

कांग्रेसले बढी सिट दाबी नछोडेपछि माओवादी, एकीकृत समाजवादीले र जसपा पनि आफ्नो दाबी छोड्न तयार नभएका हुन्।

‘कार्यदलमा सिटभन्दा दाबी सिटको संख्या बढी भयो, अब सहमति जुटेन भनेर त्यही लेखी पठाउने भएका छौँ,’ अर्का सदस्यले भने ।

शुक्रबार (१० भदौ) मा बसेको कार्यदल बैठकमा आफ्नो दाबी छोड्न तयार रहेका दलहरु फेरि पुरानै अडानमा कायम रहेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .