जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानको हिरोसिमा सहरमा रहेको संग्रहालयको अवलोकन गरेका छन्।
आइतबार आणविक बम खसेको हिरोसिमा सहरको संग्रहालय अवालाेकन गरेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
प्रचण्ड पाँच दिने भ्रमणका लागि शुक्रबार राती नेपालबाट प्रस्थान गरेका थिए। शनिबार बिहान जापानको टोकियो स्थित नारिता विमानस्थलमा अवतरण गरेका प्रचण्ड त्यसलगत्तै पूर्वनिर्धारित कार्यक्रमहरुमा सहभागी भइरहेका छन्।
नेपाली जन प्रगतिशील मञ्च (जापान) को निमन्त्रणामा जापान आएका पूर्वप्रधानमन्त्री प्रचण्डसहितको भ्रमण टोलीलाई मञ्चका अध्यक्ष भवानी पन्त, जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीसहितका नेपालीले विमानस्थलमा स्वागत गरेका थिए।
प्रचण्डले शनिबारै जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिबल फुकुओकाको उद्घाटन गरेका थिए।
तस्बिरहरु: प्रचण्डकाे सचिवालय
Shares
प्रतिक्रिया