ad ad

राजनीति


सभामुख उम्मेदवार टुंगो लगाउन सोमबार नेकपा सचिवालय बैठक

सभामुख उम्मेदवार टुंगो लगाउन सोमबार नेकपा सचिवालय बैठक

नेपालखबर
मंसिर २२, २०७६ आइतबार ८:५,

सभामुखको उमेदवार चयन, स्थायी समिति बैठकको मिति तोक्ने र उपनिर्वाचनको समीक्षा गर्ने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार (भोलि) बस्दैछ।

पुष्पकमल दाहाल (प्रचण्ड) लाई कार्यकारी अध्यक्ष बनाउने सहमतिपछि साेमबार दोस्रो पटक सचिवालय बैठक बस्न लागेको हो। भोलि बस्ने सचिवालय बैठकमा रिक्त सभामुख पदमा पठाउने व्यक्तिको नाम र स्थायी समितिको बैठकको मिति तय गर्ने नेकपा वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए।

‘भोलि बस्ने बैठकमा उपनिर्वाचनको समीक्षा गर्ने, स्थायी समिति बैठकको मिति तोक्ने र कसलाइ सभामुख बनाउने लगायतबारे छलफल हुनेछ।’

मंसिर ४ गते अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच जिम्मेवारी वाँडफाँटबारे सहमति भएको थियो।

साेमबारकाे सचिवालय बैठककाे तयारीस्वरूप प्रचण्डले नेकपा नेताहरूसँगकाे भेटघाटलाई तीव्रता दिएका छन्।

यसै क्रममा शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए। सो भेटमा दुई नेताबीच सोमबार बस्ने सचिवालय बैठककै बारेमा छलफल भएको थियो।

उनले आइतबार विहान वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसँग परामर्श गरेका छन्। प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा सोमबारको सचिवालय बैठकको सेरोफेरोमा केन्द्रित रहेर छलफल गरिएको वरिष्ठ नेता नेपालनिकट स्रोतले जनाएको छ।

कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्डको अध्यक्षतामा मंसिर १८ गते पहिलोपटक सचिवालय बैठक बसेको थियो।

उक्त बैठकमा भने प्रधानमन्त्री ओली, बरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल उपस्थित भएका थिएनन्। त्यसैले साे बैठकममा दिर्घकालिन महत्वका विषयमा प्रवेश नगरेकाे नेताहरूले बताएका थिए।

अपेन्डिसाइटिसको उपचारमा मनमोहन कार्डियोथोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रहेकाले प्रधानमन्त्री ओली सो सचिवालय बैठकमा अनुपस्थित थिए भने खनाल र पोखरेल त्यतिबेला उपत्यका बाहिर थिए। सोमबारको बैठकमा भने सबैजना उपस्थित हुने नेकपाले जनाएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठ गोरखाको कार्यक्रम सकेर आइतबार साँझ काठमाडौं आइपुग्नेछन्।

प्रचण्डको अध्यक्षतामा मंसिर १८ गते बसेको सचिवालय बैठकले मंसिर १४ गते उपनिर्वाचन भएका ३७ वटै जिल्लालाइ उपनिर्वाचनको समीक्षा पठाउन निर्देशन दिएको थियो ।
सोमबार बस्ने बैठकले नेकपाको केन्द्रीय समितिको समेत बैठकको मिति तोक्नेछ भने पोलिटव्युरो गठनसम्बन्धी निर्णय लिनसक्ने बताइएको छ।

नेकपाको एकवर्षदेखि स्थायी समितिको बैठक बसेको छैन ।

२०७५ मंसिर २९ गते बसेको स्थायी समिति बैठक त्यसयता अहिलेसम्म बसेको छैन । पार्टी एकिकरण घोषणाकै दिन २०७५ जेठ ३ गते बसेको केन्द्रिय समितिको दोस्रो बैठक १८ महिना वितिसक्दा पनि अहिलेसम्म बस्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .