सिक्टा सिँचाइ आयोजनाको पानी नेपालगञ्जको राँझा पुगेको छ।
पश्चिमी नहरको शाखा नहर डुडुवा हुँदै सिक्टाको पानी नेपालगञ्ज पुगेको हो।
त्यसैगरी नहरको सिधनीया शाखामा पनि पानी सञ्चालनमा आएको छ। पश्चिम नहरको मर्मत गर्दै सुरुमा एक घनमिटर पानी चलाइएको थियो भने हाल दुई सय घनमिटर पानी सञ्चालन भइरहेको सिँचाइ विभागका महानिर्देशक मधुकरराज भण्डारीले जानकारी दिए।
यसअघि १९ कात्तिकमा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सिक्टा सिंचाइ आयोजनाको निरीक्षण गरेका थिए। उनले तत्काल नहर मर्मत गरी पानी सञ्चालन गर्न निर्देशन दिएका थिए।
४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउनउने लक्ष्य राखिएको आयोजनाको ६० प्रतिशत काम सम्पन्न भएको छ। हाल पानी सञ्चालनमा आएपछि ३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ।
प्रतिक्रिया