ad ad

राजनीति


देशको नेतृत्व पाए २४ घण्टाभित्र बेथिति अन्त्य गर्छु : लामिछाने

देशको नेतृत्व पाए २४ घण्टाभित्र बेथिति अन्त्य गर्छु : लामिछाने

गोकुल जोशी
साउन १५, २०७९ आइतबार २०:३९, कञ्चनपुर

राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले देशको नेतृत्व गर्न पाए २४ घण्टाभित्र देशमा व्याप्त बेथिति अन्त्य गर्ने दाबी गरेका छन्। 

आइतबार महेन्द्रनगरमा राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपुरको जिल्ला भेलालाई सम्बोधन गर्दै संयोजक लामिछानेले देशको नेतृत्व पाए बेथिति रोक्ने बताएका हुन। 

मुलुकलार्ई बेथिति मुक्त बनाउने पार्टीको संकल्प रहेको बताउँदै उनले आम नागरिकको समस्या समाधान गर्ने पनि दाबी गरे।

‘म जहाँ रहन्छु अन्याय, बेथिति विरुद्ध बोलिरहन्छु,’ उनले भने, ‘नागरिकका समस्या थुप्रै छन, ती समस्या समाधान गर्छु।’ 

पुराना भनिएका राजनीतिक दलहरुले जनताको समस्याबारे ध्यानै नदिएकाले आफ्नो पार्टीले जनताको जीवन परिर्वतन गर्ने उनले बताए।

‘जेल पठाउने रोज्ने कि, विभिन्न अपराध गरेर जेल जानेलाई रोज्ने?,’ संयोजक लामिछानेले प्रश्न गर्दै भने, ‘जनतालाई अब जवाफ होइन, हामी समाधान दिन्छौँ।’

आफूबाट देशलाई बिगार्ने काम नहुने दाबी गर्दै उनले बेथिति रोक्दै जनताको अवस्था परिर्वतन गर्ने बताए। 

‘अहिलेसम्म नेताले आफ्ना लागि बोले, तर, हजारौँ युवाका लागि बोलेनन्, ‘उनले भने, ‘हामी सरकारमा गएपछि स्वदेशमै रोजगारी, नभए विदेशमा श्रम सुरक्षित बनाउँछौँ।’ 

अगामी निर्वाचनपछि स्वतन्त्र पार्टीको बहुमतको सरकार बन्ने उनको दाबी छ। 

‘केही नेताले सिंगो जीवन देश दोहनमै खर्चिए, ‘उनले भने, ‘पिण्ड खाने उमेरमा केही नेता राष्ट्रपति बनाइ दिए हुन्थ्यो भन्दै हिँडेका छन्, अब देश विकासको ठेक्का नलिनुहोस्, घरमै बसेर गमलामा पानी हाल्नुहोस्।’

राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपुर संयोजकमा विष्ट
राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपुरको संयोजकमा पदमबहादुर विष्ट चयन भएका छन्। जिल्ला भेलाबाट संयोजकमा भीमदत्त नगरपालिकाका विष्ट चयन भएका हुन्। 

लामो समयदेखि एमालेमा काम गरेका उनी पार्टी परित्याग गर्दै लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपुरमा प्रवेश गरेका हुन्। 

‘म ०४६ सालदेखि नै एमालेमा थिएँ, ‘उनले भने, ‘हामीसँगै विभिन्न परिर्वतनको आन्दोलनमा होमिएका नेता कार्यकर्ता चिल्ला गाडीमा हिँड्छन, हामीलाई खाडी पठाए, पार्टी भनेर के गर्ने सती जान सकिएन।’ 

राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनमुखी बनाउने नवनिर्वाचित संयोजक विष्टले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .