नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा एमालेसँग सहकार्यको सम्भावना बन्द रहेको बताएका छन्।
समाजवादी प्रेस संगठन रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा नेपालले एमालेसँग गठबन्धनको सम्भावना सकिएको बताए।
एमालेसँग सहकार्य र एकताको सम्भावना बाँकी छ कि च्याप्टर क्लोज भयो भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष नेपालले भने, 'एमालेसँग गठबन्धन नहुने भनेर जुन ढोका बन्द भएको थियो बन्द भएको ढोका खुलेको कसैले देख्नुभएको छ र खुलेकै छैन भने त्यो च्याप्टर कसरी बन्द हुन्छ?' नेपालले काँग्रेससँगको चुनावी मोर्चा अबको चुनावमा पनि कायम रहने जानकारी दिए।'
पाँच दलीय गठबन्धन दल मिलेरै अघि बढ्नुपर्छ भन्ने पक्षमा छन्, हामी पनि त्यही पक्षमा छौं । कांग्रेससँग चुनावी मोर्चा कायम रहन्छ।'
उनले अन्य वामपन्थी दलसँग सहकार्य र एकताको लागि छलफल चलेको बताए। वामपन्थी मिले भनेर कांग्रेस आत्तिनुपर्ने अवस्था नरहेको उनको दावी छ।
'तत्कालीन नेकपाका ९ मध्ये ५ सचिवालय सदस्यहरु अर्थात बहुमत सदस्य एक ठाउँमा बसौं भनेर बसेका हौं।
उनले भने, 'हामीले तत्कालीन नेकपालाई फेरि ब्यूँझाउन सकिन्छ कि त्यो सम्भावनाको बारेमा पनि कुरा गरेका छाैं यो कुराकानी चलिरहन्छ।'
नेता नेपालले गत स्थानिय चुनावमा कलम चिन्हमा परेको धेरै मद बदर भएकाले चुनावमा कम ठाउँमा जितेको भन्दै आगामी संघीय चुनावमा राम्रो नतिजा ल्याउने दाबी गरे।
उनले आगामी चुनावमा आफ्नो पार्टीको २० लाख भन्दा बढि मत आउने अनुमान गरेको बताए ।
Shares
प्रतिक्रिया