ad ad

राजनीति


बुढीगंगाका ४ वडामा एमाले विजयी, मेयर-उपमेयरमा हजार बढी मतको अग्रता

बुढीगंगाका ४ वडामा एमाले विजयी, मेयर-उपमेयरमा हजार बढी मतको अग्रता

गोकुल जोशी
असार २५, २०७९ शनिबार ११:२८, कञ्चनपुर

स्थानीय तहको निर्वाचन अन्तर्गत पुनः मतदान भएको बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेले मतान्तर बढाउँदै गएको छ। 

निर्वाचन अधिकृतको कार्यालयकाअनुसार मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुवँर) करिब दोब्बर मतान्तरले अग्रस्थानमा छन्।

३ हजार ९६२ मतगणना हुँदा मेयरमा एमालेका बानियाँले २ हजार ४४३ मतसहित अग्रता बनाएका छन्। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले १ हजार २९१ मतसहित पछ्याइरहेका छन्।

यस्तै, उपमेयरमा एमालेकी कुवँरले २ हजार ४१७ मतसहित अग्रता कायम राखेकी छन्। उनलाई पछ्याइरहेकी कांग्रेसकी रीता शाहीले १ हजार ३१२ मत ल्याएकी छन्।

४ वडामा एमाले विजयी
जारी मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएका चार वटा वडामा एमालेका उम्मेदवार विजयी भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयकाअनुसार बुढीगंगाका वडा नम्बर १, २, ९ र १० मा एमालेका उम्मेदवार विजयी भएका हुन्।

वडा नम्बर २ मा नेकपा एमालेका पदम बहादुर भण्डारी ८३८ मतसहित विजयी भएका छन्। 

उनका प्रतिस्पर्धी कांग्रेसका नरबहादुर थापाले २३५ मत ल्याएका छन्।

यसअघि वडा नम्बर १ मा एमालेका रणबहादुर थापा ४ सय १६ मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका लोगबहादुर थापाले ३ सय ५० मत मात्रै ल्याए।

वडा नम्बर ९ मा एमालेकै मीनबहादुर सिंह ४ सय ९२ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका भरतबहादुर थापा २ सय ९३ मतमा रोकिए।

यस्तै, बुढीगंगा नगरपालिका–१० मा पनि एमालेकै दलबहादुर सावद ५ सय ४८ मतसहित विजयी भएका छन्। 

उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका मोहनबहादुर बुढाले ४ सय ९१ मत मात्रै ल्याउन सकेका छन्। यस्तै जारी मतगणनामा मेयर र उपमेयरमा पनि एमालेकै अग्रता छ।

निर्वाचन अधिकृतको कार्यालयकाअनुसार २ हजार ९ सय ३७ मतगणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँ १ हजार ७ सय ३२ मतसहित अगाडि छन्। 

उनलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार रंगबहादुर खाती ७ सय २ मतान्तरले पछाडि छन्। खातीले १ हजार ३० मत ल्याएका छन्।

यस्तै, उपमेयर पदमा पनि एमालेकै उम्मेदवार मायाकुमारी खड्का (कुवँर) १ हजार ६ सय ८७ मतसहित अग्रस्थानमा छिन्। 

उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसकी रिता शाही ६ सय २०  मतान्तरले पछाडि छन्। शाहीले १ हजार ६७ मत ल्याएकी छन्।

गत वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएको भन्दै विवाद भएपछि निर्वाचन आयोगले बुढीगंगा नगरपालिका बिहीबार पुनः मतदान गराएको हो।

कूल ९ हजार १ सय २८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .